• २०८३ बैशाख ९ गते बुधवार

अधिक मन हँसाएर राखे हुन्छ प्रेम प्रस्ताव

पढ्न लाग्ने समय : १ मिनेट
  • प्रकाश मगर बियोगी 

बहु सञ्चय बनाएर राखे हुन्छ प्रेम प्रस्ताव
अमर साथ समाएर राखे हुन्छ प्रेम प्रस्ताव

प्राणिले मुख्य भित्राँस गर्छ भने आज पनि
हृदय बीच सझाएर राखे हुन्छ प्रेम प्रस्ताव

सयकडौं साथ हुने निधो मनमा चल्छ भने
सगण यहाँ लगाएर राखे हुन्छ प्रेम प्रस्ताव

शक्ति भए निभाउने मन्दिरमा शपथ खाई
उम्दा बहस चलाएर राखे हुन्छ प्रेम प्रस्ताव

बियोग बिना दुबै आत्मा एक ठाउँ हुने भए
अधिक मन हँसाएर राखे हुन्छ प्रेम प्रस्ताव ।

  • प्रकाश मगर बियोगी 
    सौडियार १ दाङ , हाल पटियाला पन्जाब भारत 

Sharing

प्रतिक्रिया दिनुहोस