• २०८३ असार ९ गते मङ्गलवार

५. नम्बर प्रदेश प्रहरीले ६ सय ९१ प्रहरीहरुलाई ग¥यो पुरस्कृत

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

असार २७, दाङ । चालु आर्थिक बर्षमा प्रदेश नं. ५ का ६ सय ९१ प्रहरी पुरस्कृत भएका छन् । एक जना प्रहरी वरिष्ठ उपरीक्षक,४ जना प्रहरी उपरीक्षक, १६ जना प्रहरी नायव उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक,७२ जना प्रहरी नायव निरीक्षक पुरस्कृत भएका हुन् ।

त्यस्तै ९३ जना प्रहरी सहायक निरीक्षक, एकसय ३२ जना प्रहरी हवल्दार, तीनसय चार जना प्रहरी जवान र १० जना ५. नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहले जानकारी दिनुभयो छ । प्रदेशमा सबैभन्दा धेरै दाङका एकसय ३६ प्रहरी पुरस्कृत भएका छन् । जसमा जिल्ला प्रहरी कार्यालय दाङबाट एकसय १० र प्रदेश नं. ५ प्रहरी कार्यालय दाङमा कार्यरत २६ जना रहेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एकसय १२,रुपन्देहीका ६६,अर्घाखांचीका ६५,कपिलवस्तुका ६०,रोल्पाका २७,प्युठानका ३७,रुकुमका ३०,बर्दियाका ३२,पाल्पाका ५८,गुल्मीका १९,नवलपरासीका २३ र बुटवलका २६ जना पुरस्कृत भएका छन । फरार अभियुक्तलाई पक्राउ गर्न सफल,अनुशासनमा रहेर काम गरेका,आदेश पालना गरेकालगायत उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गरिएको पोखरेलको भनाई छ ।।

Sharing

प्रतिक्रिया दिनुहोस