• २०८३ जेष्ठ १६ गते शनिवार

ह्वात्तै बढ्यो सेयर बजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार ह्वात्तै बढेको छ । बुधबार सेयर परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ को विन्दुमा उक्लिएको छ। मंगलबार दोहोरो अंकले वृद्धि भएको बजार आज लगातार दोस्रो दिन पनि हरियाली छाएको हो ।

आज सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक करिब ६ प्रतिशतले बढेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँको किनबेच भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस