• २०८३ बैशाख २८ गते सोमवार

आज परराष्ट्रसविच पौड्यालले भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरत राज पौड्यालले आज भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने भएका छन् ।भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव पौड्याल भारत भ्रमणमा गएका हुन् ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा दुई देशका विदेशमन्त्री स्तरीय बैठक भएको थियो । बैठकमा दुवै देशका विदेश सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस