भदौ २७, काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत दुई देशबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्नेलगायतका ६ विषय समेटिएको छ ।



