• २०८३ जेष्ठ २ गते शनिवार

अध्यक्ष ओलीद्वारा नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, विराटनगर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने, “यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ, “सरकारले चाहेको खण्डमा यति काम तीन दिनमा हुन्छ ।”

तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने उनको जिकिर छ । ओलीले विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको टिप्पणीसमेत गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस