• २०८३ जेष्ठ ३० गते शनिवार

आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ११६ तथा एन्टिजेन विधिबाट २६ जनामा गरी १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस