• २०८३ बैशाख ६ गते आइतवार

राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १८, बारा। बाराको निजगढ नगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट घनश्याम तिमस्सिनाको अध्यक्षतामा ४५ सदस्सीय नगर कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा पवन पुलामी, सचिवमा प्रशान्त तामाङ, कोषाध्यक्षमा मनमाया श्रेष्ठ उपसचिवमा कृष्ण महतो र निरोज खतिवडा रहेका छन् । निजगढ नगर उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको नगर अधिवेशनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले उद्घाटन गरेका थिए ।

May be an image of 4 people and people standing

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले नेकपा एमाले फुटले बारामा कतै पार्टी कमजोर भयो कि भन्ने भ्रममा नपर्न सबै कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले पार्टी फुटे पनि त्यो क्षति पूर्ति भइसकेको बताएका छन् । उनले आउँदो निर्वाचनमा नेकपा एमालेलाई झन् बलियो देखेर डराएर अन्य पार्टीले मोर्चा बन्दी गरेको बताए । जति मोर्चा बन्दी गरे पनि एमालेको जित सुनिश्चित भएको दाबी समेत उनले गरे ।

May be an image of 5 people, people standing and indoor

यस्तै प्रमुख अतिथि अध्यक्ष पौडेलले समाज र देश बनाउन युवा शक्तिको खोचो भए भई पार्टी बलियो बनाउनुमा पनि युवाको भूमिका महत्त्वपूर्ण हुने भएकोले त्यो अनुसारले लाग्न राष्ट्रिय युवा संघ नेपाल निजगढ कमिटी आग्रह गरेका छन् । आउँदो निर्वाचनमा नेकपा एमाले लाई जिताउन युवा संघ नै क्रियाशील भएर लाग्नु पर्ने भएकाले अब चुस्त दुरुस्त भएर लाग्न उनले अनुरोध गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, युवा संघ नेपालका बारा जिल्ला इन्चार्ज तिलक घलान, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालालगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय युवा संघ नेपालका निजगढका अध्यक्ष माधव न्यौपानेको सभाध्यक्ष भएको कार्यक्रमका सञ्चालन श्याम कृष्ण घिमिरेले गरेका थिए ।यस्तैबिच अधिवेशनमा राष्ट्रिय युवा संघको कमिटीलाई चलायमान बनाउन यूथ फोर्स समेत गठन गरिएको छ । अधिवेशनले राष्ट्रिय युवा संघ नेपालका निजगढका निवर्तमान अध्यक्ष माधव न्यौपानेको संयोजक र मुकेश शाहको सह–संयोजक रहेको ३४ सदस्यीय यूथ फोर्सको कमिटी गठन गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस