• २०८३ जेष्ठ १ गते शुक्रवार

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक जस्ताको तस्तै पारित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं ।नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको भदौ १७ गतेको बैठकले पुनः पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए ।

विधेयक प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस