• २०८३ जेष्ठ ४ गते सोमवार

बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, बझाङ। बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको मृत्यु अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस