• २०८३ जेष्ठ २६ गते मङ्गलवार

गोर्खा खुकुरीको विधान संशोधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघ संघको केन्द्रीय साधारण सभाले शनिबार विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघ सम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ ।

संशोधित बुँदा सर्वसम्मतले पारित गरेको संघले जनाएको छ । साधारण सभा ९२ जनाको उपस्थिति रहेको संघले जनाएको छ । साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस