• २०८३ बैशाख २१ गते सोमवार

इक्वेडर विस्फोटमा पाँच जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ३० साउन क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए ।

देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्काल घोषणा गरेका छन् ।

संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० दिन आपत्काल घोषणा गरिने सुरक्षामन्त्री डिएगो ओर्डोनेजले घोषणा गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस