• २०८३ जेष्ठ २ गते शनिवार

सिरी ए : रोमाको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं ।  इटालीयन सिरी ए फुटबलमा रोमाले सेलेर्निटानालाई १-० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा रोमालाई जित दिलाउन बिर्यान कृस्टानले ३३औं मिनेटमा निर्णायक गोल गरे ।

बाकी समय दुबै टोलीले गोलका अवसर सृजना गरेपनी सदुपयोग गर्न सकेनन् । खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिबलाले डेब्यु गरेपनी गोलबिहिन रहे ।

जित संगै जोसे माउरिन्होको रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ ।

यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १-० अन्तरले पराजित गर्यो । यता, लाजियोले बोलोग्नालाई २-१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३-२ अन्तरले हरायो।

Sharing

प्रतिक्रिया दिनुहोस