• २०८३ जेष्ठ १६ गते शनिवार

दुई जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौं । कैलाली र धादिङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका–५ बस्ने ५५ वर्षीय केशब बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङको शिद्धलेक गाउँपालिका–४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस