• २०८३ बैशाख २७ गते आइतवार

काठमाडौं उपत्यकामा अत्यावश्यक अवस्थामा बाहेक ‘नो हर्न’ बजाउन निषेध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौं  ।  काठमाडौँ उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा ‘नो हर्न’ अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरे ।

‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउन आजबाट पद्मकन्या बहुमुखी क्याम्पसका एक सयजना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

Avatar

हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र साहले बताए ।

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि १ वैशाख २०७४ वैशाखबाट ‘नो हर्न’ लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस