• २०८३ मङ्सिर ५ गते शुक्रवार

भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, चितवन। भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा ना.५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–२४ बस्ने २१ वर्षीय सुरज नेपाली रहेका छन् ।

उनको आइतबार बिहान मृत्यु भएको हो । बस बिग्रीएर मर्मत गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा किच्दा गम्भीर घाइते भएका नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस