असार २५, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यमबुद्धको नामले परिचित र्यापर अनिल अधिकारीको शालिक आफ्नै तलबबाट बनाउने घोषणा गर्नुभएको छ । यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

तर, मेयरले आफ्नो प्राथमिकताविपरीत लन्डनमा ६ वर्षअघि आत्महत्या गरेका गायक यमबुद्धको शालिक बनाउन लागेको भन्दै चर्को विरोध भएको थियो ।
मेयर बालेले शनिबार फेसबुकमा लेख्नुभएको छ, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु ।’ शालिक कहाँ स्थापना गर्ने भन्ने यकिन भएको छैन ।