• २०८३ बैशाख १८ गते शुक्रवार

सिन्धुलीमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, सिन्धुली ।  सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाबाट भैसी लोड गरि काठमाण्डौ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस