• २०८३ मङ्सिर ५ गते शुक्रवार

खुर्पाले हानेर छोराद्धारा आमाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, चितवन । माडीका एक युवाले आफ्नै आमाको हत्या गरेका छन्। माडी नगरपालिका-६ स्याउलीबासका अन्दाजी ३७ वर्षीय अर्जुन तमाङले सोमबार दिउँसो सवा तीन बजे उनकी आमा ५५ वर्षीया मायादेवी तामाङका खुर्पाले हानेर हत्या गरेका हुन्।

घरबाट सय मिटर पर मकैबारीमा अर्जुनले पछाडिबाट प्रहार गर्दा मायादेवीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस