• २०८३ जेष्ठ ६ गते बुधवार

मनोरञ्जन तथा सत्कार सेवालाई सम्मानित पेशाका रूपमा स्थापित गर्न माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौँ। स्थानिय तहले आफ्नो क्षेत्रमा सञ्चालित मनोरञ्जन तथा सत्कार सेवालाई सम्मानित पेशाका रूपमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

विश्वास नेपालले विभिन्न सरोकारवाला संस्थासँगको सहकार्यमा मङ्गलवार राजधानीमा आयोजित ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रको बारेमा जनप्रतिनिधी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया’कार्यक्रममा सहभागी वक्ताहरूले प्रशस्त रोजगारी सिर्जना गर्ने यस क्षेत्रलाई मर्यादित बनाउन स्थानिय तहले दर्ताका लागि कडाई गर्दै त्यहाँ कार्यरत श्रमिकको समेत अभिलेख राखेर नियमन, अनुगमन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा काठमाडौँ जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकीले बाल श्रमिकको उन्मुलन, श्रमको सम्मान, महिला हिंसाको न्युनिकरण, वातावरणीयलगायत विविध दृष्टिकोणले उत्कृष्ट स्थानीय तह र जनप्रतिनिधी घोषणा गर्ने लगायतका योजना बनाइरहेको जानकारी दिंदै आफ्नो क्षेत्रमा सञ्चालित हरेक व्यवसायको अनुगमन गर्ने नीतिलाई कडाइको साथ कार्यान्वयन गर्न जनप्रतिनिधीलाई आग्रह गर्नुभयो ।

उनले लाखौंलाई रोजगारी दिने मनोरञ्जन तथा सत्कार सेवालाई मर्यादित बनाउन सके यस क्षेत्रमा कार्यरत श्रमिक र सञ्चालकको समेत हित हुने भएकोले यसतर्फ वडा, नगरपालिका, महानगरपालिकाले चासो राख्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन क्षेत्रमै काम गरेर यस क्षेत्रमा रहेका विकृतिलाई सुधार गर्दै बालश्रमिकलाई श्रमबाट छुटाएर शिक्षासँग जोड्ने र सञ्चालक र श्रमिक दुई पक्षको अधिकार लागि काम गर्ने विश्वास नेपालको अभियानमा स्थानीय तहले अनुगमन, अभिलेख राख्ने काम गर्न माग गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस