• २०८३ जेष्ठ १६ गते शनिवार

क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, ओटावा।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् ।

प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेकाे जनाएका छन् । उनले काेभिड खाेप नलगाएकाहरूलाई पनि खाेप लगाउन आह्वान गरेका छन् ।

‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देशन पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ । तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस । बुस्टर डोज लगाउनुहोस’, ट्रुडोले एउटा ट्वीटमा भनेका छन् । ट्रुडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस