• २०८३ जेष्ठ १८ गते सोमवार

गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, गुल्मी। गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका-१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन् ।

बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट-२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटना राति भएकाले स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस