• २०८३ बैशाख २६ गते शनिवार

निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, नयाँ दिल्ली। पैगम्बर मुहम्मदमाथि गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी निलम्बित भाजपा नेतृ नुपुर शर्माको सुरक्षा बढाइएको छ । दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्कीको उजुरी गरेपछि उनलाई थप सुरक्षा दिइएको हो ।

आफूलाई धम्की आएको गुनासोपछि शर्मा र उनको परिवारलाई सुरक्षा प्रदान गरिएको प्रहरीले जनाएको छ । शर्माले १० दिनअघि एक टिभी बहसका क्रममा पैगम्बरबारे गरेको विवादास्पद टिप्पणीपछि उनी विवादमा तानिएकी थिइन् । चौतर्फी आलोचनापछि उनलाई पार्टी प्रवक्ताबाट निलम्बन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस