जेठ १०, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो ।

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका थिए । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।



