• २०८३ भाद्र १२ गते शुक्रवार

मौन अवधिमा रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् ।शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।

‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् ।

स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ जेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस