• २०८३ बैशाख १८ गते शुक्रवार

तारकेश्वरमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १६, काठमाडौं । तारकेश्वर नगरपालिकामा वैशाख ११ र १२ गते स्थानीय जनप्रतिनिधिका लागि नाम मनोनयन गरेकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । तारकेश्वरमा १९ जनाले मेयरमा उम्मेदवारी दिएकामा आज ३ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

तारकेश्वर नगरपालिकामा नगर प्रमुख पदका लागि एमालेबाट रामेश्जर बोहरा, नेपाली काँग्रेसबाट कृष्णहरि महर्जन, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट लवकुमार बस्नेत मैदानमा उत्रिएका छन् । त्यस्तै नेपाली काँग्रेस वि.पि.बाट विष्णुप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट श्रीकुमार महर्जन, विवेकशील साझा पार्टीबाट महेसजंग कुँवर, राप्रपाबाट बस्नत कुमार बस्नेत, जनता समाजवादी पार्टीबाट बाबुराम लामा, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)बाट मिमलाल खड्गी, नेपालका लागि नेपाली पार्टीबाट मोज राज बगाले र स्वतन्त्रबाट यमुनादेवि सापकोटा, निरा अधिकारी, स्वयम्बर खड्का, दुर्गाबहादुर थापा मगर, सुदर्शन जमकट्टेल र रामहरि खड्काले उम्मेदवारी दिएका छन् ।

उपमेयरमा नेमकिपाबाट इन्द्रकुमारी बज्राचार्य, राप्रपाबाट सीमा राजवाहक, नेकपा एमालेबाट भवानी डोटेल धिताल, नेपाली काँग्रेसबाट सृजना बुर्लाकोटी र नेकपा माओवादी केन्द्रबाट धनलाल महर्जनले उम्मेदवारी दिएका छन् ।

जनप्रतिनिधिहरुको अन्तिम नामावली 

Sharing

प्रतिक्रिया दिनुहोस