• २०८३ बैशाख २० गते आइतवार

इप्रका भालुवाङको ठुलो सफलता ठुलो मात्रामा गाजासहित २ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ९, दाङ । लागुऔषध (गाजा) सहित २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने अन्दाजी बर्ष ३७ का सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला बस्ने अन्दाजी बर्ष ४५ का शिव मोहोमद मिया रहेका छन् ।

बिहीबार बिहान ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नं. ९ कोईराले भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट क्षेत्रमा लागु औषध (गाजा ) कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक शाह सहितको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।

देवीकोट- माैरीघाट सडक खण्डको कोइराले भन्ने ठाउँमा रा.३ प. ८३५ नम्बरको मोटर साईकलमा दुई जना मानिस सवार रही शंकास्पद रुपमा देबिकोटबाट मौरीघाट तर्फ आइरहेको अवस्थामा फेला पारी निजहरुलाई रोकी सोधपुछ गर्दा निजहरुले प्रयोग गरेको मोटर साईकलको लेग-गार्डमा झुण्ड्याई राखेको कालो रंगको प्लाष्टिकको पोका १, शिव महमद मियाले पछाडी बोकेको कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र हेर्दा लागु औषध (गाँजा) जस्तो देखिने बस्तु चार किलो पाँच सय चौरानब्बे ग्राम, नेपाली बाह्र हजार नगद, रेडमिन कम्पनीको मोबाईल १ थान, रा.३ प. ८३५ नम्बरको मोटर साईकल १ थान र शिव महमद मियाको साथमा लाभा कम्पनीको मोबाइल १ थान बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस