• २०८३ बैशाख १४ गते सोमवार

हावाहुरीले उडायो विद्यालयको छाना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २, खोटाङ। हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो ।

हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ । छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस