• २०८३ मङ्सिर ४ गते बिहिवार

स्वदेशी बिदेशीको पहिलो रोजाइमा कर्णालीको ‘शुभ’ होटेल

जितेन्द्र थापा पढ्न लाग्ने समय : २ मिनेट

चैत २४, सुर्खेत । स्वर्गकी अप्सरा रारा भेटन जाने बाटोमै पर्छ सुर्खेतको शुभ होटेल । नाम शुभ शुममा पुगे काम पनि शुभ नै भएर फर्कन्छन् त्यहाँ पुग्ने पाहुना । जसरी अप्सरा राराले आगन्तुकको स्वागत गर्न तम्केको हुन्छ त्यसरी नै आगन्तुकको स्वागत सत्कार गर्न शुभ होटलललाई भ्याइनभ्याइ छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रहेको यो होटेल स्देशी तथा बिदेशी पाहुनाको रोजाइमा पर्न थालेको छ । प्रदेश राजधानीमा अवस्थित यो होटेल अहिले कर्णालीकै नयाँ आकर्षण भएको होटलको रुपमा परिचित छ । र कर्णालीमा पुग्ने पर्यटक र आगन्तुकको पहिलो रोजाईमा छ ।

No description available.
देश तथा बिदेशबाट आउने पर्यटकका लागि कर्णालीमा घुम्न आउने पर्यटक तथा आगन्तुक हरुलाई सेवा सुविधा सम्पन्न होटल अभाव भईरहको अवस्थामा यस होटल थप सहयोग पु¥याइएको छ । स्वच्छ वातावरण, सुन्दर बगैचा, स्वीमिङ पुल, स्वस्थ्य खाना, सुप्पर डिलक्स कोठाहरुको राम्रो व्यवस्थापनले होटलमा आउने जुनसुकै पहुनाको मन चङ्गा हुन्छ । चाहे जुनेली गर्मी रात होस वा दिउँसोको उखरमाउलो गर्मी पर्यटकका लागि सम्पुर्ण व्यवस्था यो होटेलले गरेको छ ।

 

२०१७ मा कणार्लीमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई प्राथामिकतामा राख्ने उद्धेश्यका साथ सन् २०१७ मा सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक दमन जंग शाही बताउँछन् । अहिलेसम्म पूर्वराजा, प्रधानमन्त्री देखी विभिन्न देशका राजदुतहरु ल्गातका पाहुनाहरुको रोजाइमा परेको छ,’उनले भने ।

स्वदेशी बिदेशी पाहुनाले कर्णालीकै उच्च्तम रुपमा रुचाएको शुभमा जम्मा ५१ कोठाहरु रहेका छन् । जसमध्ये तीन वटा स्वीट रुम, र बाँकी सुपर डिलक्स रुमहरु रहेका छन् । विवाहा ब्रतबन्ध गर्नको लागी पाँच वटा हल र तीन वटा रेस्टुरेन्टसमेत रहेका छन् । त्यस्तै सेमिनार सम्मेलन गर्नका लागी पाँच सय जना सम्म अटाउने क्षमता भएका हलहरुको व्यवस्थापन गरिएको छ । कक्टेल पार्टि गर्नका लागी पन्ध्र्र सय जना अटाउने क्षमता भएको ठाँउहरु रहेको उनले बताए । शाहीका अनुसार होटलमा आएका पाहुनालाई विमानस्थल सम्म निशुल्क सवारीको व्यवस्था गरेर सेवा दिइरहेको छ । यसैगरी स्थानीयले नै उत्पादन गरेका स्वास्थ्य आर्गनिक खाना दिनुका साथै प्याकिङ गरेर डेलिभरिको समेत व्यवस्था गरी सेवा दिइरहेको बताए ।

कर्णालीमा पर्यटकहरुको आगमनमा वृद्धि गर्नका लागी विभिन्न प्याकेजहरु पनि सञ्चालन गरेको पाइन्छ । रारा तालमा घुम्न जाने पर्यटकलाई सहज वातावरण बनाई सस्तो दरमा गत वर्ष देखी प्याकेज बनाएको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस