चैत २०, सिरहा । सिरहामा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले लहान नगरपालिका २३ का ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध नुफिन ३ सय एम्पुल, प्रोमेथाजोन हाइड्रो क्लोरिडिन २ सय ५१ एम्पुल, डाईजिपाम २ सय ९८ एम्पुल र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।