असार ३, काठमाडौं । प्रधानमन्त्री रोस्ट्रममा पुगेपछि कांग्रेस सांसदको नाराबाजी गरे सगैं आज प्रधानमन्त्रिले गर्ने भनेको सम्बोधन स्थगित भएको छ । सभामुखले बैठक भोलिसम्मलाई स्थगित गरेका छन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक असार चार गते सम्मलाई स्थगित गरेका छन् । प्रधानमन्त्री ओली रोस्ट्रममा उभिरहेको बेला कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिएपछि सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गर्न थालेका थिए ।
पटक पटकको आग्रहपछि पनि नाराबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।