• २०८३ बैशाख ११ गते शुक्रवार

आजकाे माैसम : काठमाडाैंमा क्षणिक वर्षा, दिउँसाे यी चार प्रदेशमा वर्षाकाे सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । काठमाडाैंकाे आकाश तुवाँलाेले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएकाे छ । केहीदिन यता काठमाडाैंमा प्रदूषण पनि ह्वात्तै बढेकाे छ ।

तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

Sharing

प्रतिक्रिया दिनुहोस