• २०८३ असार ५ गते शुक्रवार

राेटरि कल्ब अफ काभ्रे बनेपाकाे निशुल्क दन्त तथा स्वास्थ शिविर

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ११, काभ्रे । धुलिखेल नगरपालिका वडा नं ८ बडालगाउंमा रहेकाे विनायक बाल आधारभुत विद्यालयमा निशुल्क दन्त तथा स्वास्थ शिविर संचालन भएकाे छ । राेटरी क्लब अफ काभ्रेकाे आयाेजनामा, आई.सि.डि नेपाल तथा आई. सि. डि नेपाल हेल्थ केयर सेन्टरकाे प्रविधिक सहयाेग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकाेट जेसीजकाे सहयाेगमा संचालन भएकाे शिविरबाट २ सय १५ जनाकाे स्वास्थय परिक्षण गरिएकाे छ ।

जसमा १ सय ७५ जनाकाे दांत परिक्षण, ४० जनाकाे सामान्य चेकजाँच, ४७ जनाकाे भिडियाे एक्स-रे साथै निशुल्श औषधि वितरण गरिएकाे आई. सि. डि नेपालका अध्यक्ष तथा राेटरि क्लब अफ काभ्रेका उपाध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिए । उक्त अवसरमा सरस्वति माध्यामिक विद्यालय र विनायक बाल आधारभुत विद्यालयका १ सय ६० जना बालबालिकालाई स्टेस्नरि तथा टिफिन बक्स प्रदान गरिएकाे थियाे।

No description available.

कार्यक्रममा राेटरि क्लब अफ काभ्रेका २०२१-२२ का अध्यक्ष रुक्मणि सिग्देलले राेटरि कल्ब अफ काभ्रेले सामाजिक रुपमा कार्य गर्दै आईरहेकाे बताईन । कार्यक्रममा धुलिखेल वडा नं ८ का वडा अध्यक्ष निराजन जंगम, राेटरियन दमन कुमार श्रेष्ठ, केशव बडाल, पुर्व गाविस अध्यक्ष साधुराम बडाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाेला बहादुर गाैतम, नाल्दुम नगकाेट जेसिजका अध्यक्ष राजाराम गाैतम, विद्यालयका प्र.अ नवराज तिमल्सिनाले सहयाेगी संस्थालाई धन्यवाद दिदै समाजमा यस्ता कार्यक्रम निरन्तरताकाे आवश्यक रहेकाे बताए ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस