• २०८३ मङ्सिर ५ गते शुक्रवार

एक लाख धरौटीमा छुटे पलका म्यानेजर जोशी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत १०, तनहुँ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् । बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस