• २०८३ बैशाख २९ गते मङ्गलवार

एमाले एकमात्र मुख्य शक्ति र मूलधारको पार्टी : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले मात्रै भएको दाबी गर्नुभएको छ ।पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका भ्रमपूर्ण विचारहरु प्रवाह भएको, जनविरोधी प्रचार भएको भन्दै सत्तापक्षले गलत इतिहास रचना गर्न खोजिएकामा आपत्ति जनाउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रलाई अघि बढाउने नीति, जननिर्वाचित प्रतिनिधि र व्यवहारिक प्रश्नमा पनि एमाले नै मुलुकको प्रमुख पार्टी भएको जिकिर गर्नुभयो । उहाँले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठूलो एमाले भन्नेजस्ता शब्दावली भुल बस, नियतबस प्रयोग हुने गरेको पनि दाबी गर्नुभयो ।उहाँले आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा उत्साहका साथ जनतामा गएर पार्टीको इतिहासलाई थप मजबुत पार्ने बताउनुभयो ।

बैठकमा उहाँले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गर्नुभएको छ । पार्टीले चुनाव केन्द्रित ‘सिपिएन युएमएल’ नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने अध्यक्ष ओलीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस