चैत ४, काठमाडौं । फागू पूर्णिमाको अवसरमा वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसी एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । विश्वशान्तिको कामना गर्दै वेलकम एड्भरटाईजिङ्गले “We Stand For Peace This Holi” भन्ने श्लोगनका साथ फागू पूर्णिमा पर्व मनाएको हो ।

वर्तमान समयमा युवा पुस्ता आफ्नो परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुदैं आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवकोे पर्व होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाईदिदै, यस्ता पर्वहरुले समाजमा आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास र थप खुसी बढ्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले हामी शान्ती चाहन्छौं भन्ने शन्देश प्रवाह गर्न “We Stand For Peace This Holi” भन्ने श्लोगनका साथ यसपालीको होली रमाईलो गर्दै मनाइएको बताउनुभयो ।
परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।