• २०८३ मङ्सिर २ गते मङ्गलवार

देउवा सरकार परराष्ट्र नीति विपरीतमा हिडिरहेको छ : अध्यक्ष विजक्छे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले रुस र युक्रेनबीचको लडाइँको प्रसङ्ग जोड्दै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्योट भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीति विपरीत भएको बताउनुभएको छ ।

भक्तपुर नगरपालिका-१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उहाँले एमसीसी सम्झौता अनुमोदन लगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको दावी गर्नुभएको छ । शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा विकास गरेको आरोप लगाउँदलै अध्यक्ष बिजुक्छेले यही कारण देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

शासक दलका नेतामा काठमाडौँ उपत्यकाको कुनै विकास योजना नभएको दाबी गर्दै अध्यक्ष बिजुक्छेले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने धारणा राख्नुभयो । नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा पुनः निर्माण ठेकेदारभन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस