• २०८३ असार १६ गते मङ्गलवार

नेपालका पाँच युवा क्रिकेटलाई बैंगलोरमा क्याम्पको मौका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । नेपालका पाँच युवा क्रिकेटले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ ।

क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् ।खेलाडी आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस