• २०८३ मङ्सिर २ गते मङ्गलवार

तनहुँमा जीप दुर्घटना, ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, तनहुँ। पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

प्रहरीले अनियन्त्रित भएर जीप दुर्घटना भएको जनाएको छ । घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस