• २०८३ जेष्ठ २ गते शनिवार

मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार लमही-३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै ठोक्किंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस