• २०८३ असार १ गते सोमवार

एनएसएल अक्सन: ए डिभिजनका ८ क्लबको आपत्ति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन् । यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ती जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुकाे मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् । ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् । यसो नभए यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार एन्फा नै हुने विज्ञप्तीमा उल्लेख छ ।

यस पटक एनएसएलमा १० क्लब रहनेछन् । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस