• २०८३ असार १७ गते बुधवार

“ए खोली” बोलको गीत (भिडियोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । नेपाली संगीत क्षेत्रकी गायिकाको रुपमा परिचित लोकप्रिय गायिका शान्ती श्री परियार र गायक कमल पुस्कल शर्मा को आवाजमा “ए खोली” बोलको गीत सार्वजनिक भएको छ।

उक्त भिडियोमा सबिता कार्की र बिष्णु बि सीको मुख्य अभियनय रहेको गीतमा शब्द सागर रेग्मी र बिनोद को संगीत रहेको छ भने गणेश अधिकारी संगीत संयोजन गरेका हुन् ।

कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले चाहेको नै सांगीतिक सुमगंध अचेलको लभ बारे यथात बड्न गर्न खोजिएको छ । सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् ।

स्वर मिश्रण रहेको “ए खोली” बोलको गीतको म्युजिक भिडियोलाई सम्पादन बिष्णु बि सीले गरेका छन् । उक्त गीत माला श्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खड्का बजुरालीले मिक्क्ष मास्टरिङ्ग र निर्देशन बिष्णुले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठले हुन् भने भिडियोलाई रङ्गीन पर्दा बनाउन दिपक बिष्टले सहयोग गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस