• २०८३ जेष्ठ ७ गते बिहिवार

राष्ट्रिय युवा संघ नेपाल गुल्मीको नवौं जिल्ला अधिवेशबाट ६३ सदस्यीय कमिटी चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, गुल्मी । राष्ट्रिय युवा संघ नेपाल, गुल्मीको नवौं जिल्ला अधिवेशनबाट ६३ सदस्यीय कमिटी चयन भएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सम्याेजक किरण पौडेलको प्रमुख आतिथ्यता भएको सम्मेलनबाट सुरेश भन्डारीको अध्यक्षतामा ६३ सदस्यीय कमिटी चयन भएको हो ।

अधिवेशनको बन्द सत्रबाट अध्यक्ष सुरेश भन्डारी, उपाध्यक्ष केसर राजकोटी, सचिव बिमल ज्ञवाली, कोषाध्यक्ष बैकुण्ठ श्रेष्ठ, सह-सचिवद्वय विवस ठकुरी र बिष्णु बिक रहनु भएको छ ।

No description available.

कार्यक्रममा संघका जिल्ला संयोजक मोहन पाण्डेको अध्यक्षतामा भएको जिल्ला अधिवेशनमा संघका अन्तर्जिल्ला बिशेष प्रदेश कमिटीका इन्चार्ज बलराम बेल्बासे, लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज तुल बहादुर अधिकारी, संघका केन्द्रीय निर्वाचन आयोगका उप प्रमुख बाबु छत्कुली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला सदरमुकाम गुल्मीको तम्घासमा सम्पन्न भएको हो ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस