• २०८३ असार १५ गते सोमवार

थप ४७६ जनामा सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०,  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ८३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस