• २०८३ जेष्ठ २३ गते शनिवार

रूखबाट खसेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२-४३ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रूखबाट खसेर सख्त घाइते भएका पुनलाई बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस