• २०८३ जेष्ठ ३१ गते आइतवार

ट्याक्टर दुर्घटना  एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, रुकुम ।  रुकुम पूर्वको भुमे गाँउपालिका–४ कराल बगरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भुमे गाँउपालिका–८ का १८ वर्षीय सुनिल रोका रहेका छन् । रोकालाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका मध्ये तीन जनाको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ भने र एक जनालाई उपचारका लागी दाङ तर्फ पठाइएको छ ।

रा १ त ३२ ४५ नम्बरको ट्याक्टर मंगलबार साँझ ६ बजे अनियन्त्रित भएर सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस