• २०८३ बैशाख २९ गते मङ्गलवार

मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, रुपन्देही । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ युवाको जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।तीन जना चढेको लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा बिहान अनियन्त्रित भएर पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार रुपन्देहीका गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस