• २०८३ बैशाख २१ गते सोमवार

सीपीआर गर्ने डाक्टरको १७ लाखको घडी हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १,काठमाडौं । हिजो सहिद स्मारक ए डिभजिनअन्तरगत शनिबारको खेलका क्रममा मच्छिन्द्र क्लवका खेलाडी मनिष डाँगी मैदानमै लडेर बेहोश भए । त्यसपछि एक व्यक्ति दर्शक दीर्घाबाट दौडिँदै गएर उनलाई सीपीआर (छातीमा थिचेर श्वासप्रश्वास सहज तुल्याउने प्रक्रिया) गरिरहेको देखियो ।

करिब सात मिनेटको सीपीआरपछि उनलाई ब्लु क्रस अस्पताल दौडाइएको थियो । हाल मनिषको अवस्था सुधारोन्मुख छ । तर, सीपीआर दिने व्यक्ति भने आज आफ्नो महंगो घडी हराएको भन्दै महानगरीय प्रहरी परीसर पुगेका छन् ।

डाँगीलाई सीपीआर गराउने व्यक्ति हुन्– मेडिकल डाक्टर डा। प्रतीक गुरुङ । उनी मच्छिन्द्र क्लवका सल्लाहकार भएको बुझिएको छ । उनी पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरासँगै खेल हेर्न दशरथ रंगशाला पुगेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस