माघ १३,जनकपुरधाम। परीक्षा स्थगित गरेको विरोधमा सीटीईभीटीविरुद्व विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सीटीईभीटीले आगामी माघ २७ गतेदेखि परीक्षा तोकेकोमा उक्त परीक्षा हालै स्थगित गरेको छ । परीक्षा स्थगित गरेको बिरोधमा विद्यार्थीले रमानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।