• २०८३ असार १२ गते शुक्रवार

अवैध लागूऔषध गाँजा तथा अफिम खेती नष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९,मकवानपुर।मकवानपुर, बकैया गाउँपालिका-६ गढवन र भोगटे लगायत क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती शनिबार प्रहरीले नष्ट गरेको छ ।

उक्त स्थानमा लागूऔषध गाँजा तथा अफिम खेती रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले २९ कठ्ठामा लगाएको गाँजा तथा ४ कठ्ठामा लगाएको अफिम खेती फडानी गरी नष्‍ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस